परिचालन नहुने एम्बुलेन्सको अनुमति रद्द गरिने

नेपालखोज २०७६ चैत २७ गते ७:४९

मेलम्ची । कोरोना भाइरसको जोखिम रोक्नुपर्ने आपतकालीन अवस्थामा बिरामीको सेवामा परिचालित नहुने एम्बुलेन्सको अनुमति रद्द गरिने भएको छ ।

कतिपय एम्बुलेन्सले सम्भावित सङ्क्रमित बिरामीलाई ओसारपसार गर्न नमान्ने र सम्पर्कमा नआउने गरी बस्ने गरेको देखिएपछि प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेका अध्यक्षतामा बसेको जिल्लास्तरीय खोज तथा उद्धार समिति (पिआरटी)को बैठकले यस्तो सिफारिस गरेको हो । एम्बुलेन्स सेवा सञ्चालन निर्देशिका २०७३ को दफा १६ बमोजिम जिल्ला एम्बुलेन्स सेवा सञ्चालन समितिमा सिफारिस गरिने प्रनाउ काफ्लेले बताए ।

जिल्लामा सबै एम्बुलेन्सको सूचीकरणमा पनि प्रहरी लागेको छ ।

प्रतिक्रिया