आइतबार, असार २२, २०८२

एक घरधुरीलाई ३० केजी चामल

नेपालखोज २०७६ चैत २७ गते १३:३३

जुम्ला । हिमा गाउँपालिकाले प्रत्येक घरधुरीलाई ३० केजी चामल र २५ केजी नुन वितरण गर्दै आएको छ । गाउँपालिकाको निर्णयानुसार पहिलो चरणमा घरदैलामा पुगेर चामल र नुन वितरण गरिँदै आएको गाउँपालिका अध्यक्ष रजबहादुर शाहीले बताए । गाउँपालिकाका दुई हजार ३३५ घरधुरीमध्ये १५० घरधुरी अतिविपन्न छन् ।

खाद्य संस्थानकै चामल

कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि जारी लकडाउनका समयमा हुन सक्ने खाद्य संकटको पूर्वानुमान गर्दै सिंजास्थित हिमा गाउँपालिकाले खाद्य बैंक स्थापना गरेको छ । गाउँपालिकाले नेपाल खाद्य संस्थान सुर्खेतबाट चामल खरीद गरी खाद्य बैंक बुधबार साँझदेखि सञ्चालनमा ल्याएको छ ।

गाउँपालिका अध्यक्ष शाहीका अनुसार चामल, दाल, नुन र तेल एकै ठाउँमा जम्मा गरी खाद्य संकटको समयमा वितरण गरिने छ । अतिविपन्नलाई पहिलो प्रथामिकतामा राख्दै फुड बैकबाट खाद्य पदार्थ उपलब्ध गराउने तयारी गरिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाभरिका २३ भन्दा बढी घरधुरीलाई रु ४७ लाख बराबरको खाद्यान्न (चामल) खरीद गरिएको प्रमुख प्रशासकीय अधिकृत टोपबहादुर बुढाले बताए । उनका अनुसार सुर्खेत खाद्य संस्थानबाट सात हजार क्विन्टल बढी चामल आयात गरिएको छ ।

पालिकाभरिका दुई हजार ३३५ घरधुरीलाई प्रतिपरिवार ३० केजी चामल, पाँच नुन, दाललगायत खाद्य पदार्थ उपलब्ध गराउनका लागि खाद्य बैँकमा जम्मा गरिएको अधिकृत बुढाले बताए ।

प्रतिक्रिया