शुक्रबार, वैशाख २८, २०८१

आइपीएल क्रिकेट : मुम्बईलाई पराजित गर्दै पञ्जावको दोस्रो जित दर्ता

नेपालखोज २०७८ वैशाख ११ गते ६:५९

मुम्बई । आईपीएल क्रिकेटमा पन्जाब किङ्सले दोस्रो जित निकालेको छ । साविक विजेता मुम्बई इन्डियन्सलाई पराजित गर्दै पञ्जावले दोस्रो जित निकालेको हो ।

शुक्रबार राति भएको खेलमा पन्जाबले मुम्बईलाई ९ विकेटले पराजित गरेको छ । चेन्नईमा मुम्बईले दिएको १ सय ३२ रनको लक्ष्य पन्जाबले १७ ओभर ४ बलमा मात्र १ विकेट गुमाएर पूरा गर्‍यो ।

पन्जाबको जितमा लोकेश राहुलले अविजित रहदै ६३ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै क्रिस गेलले अविजित ४३ रन बनाए । मायांक अग्रवाल २५ रनमा आउट भए । मुम्बईका राहुल चाहरले १ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३१ रन बनाएको थियो । मुम्बईका लागि कप्तान रोहित शर्माले ६३ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै सूर्यकुमार यादवले ३३ रन जोड्दा केइरन पोलार्डले अविजित रहदै १६ रन बनाए ।

पन्जाबका रबि बोस्नाई र मोहमद शामीले २र२ विकेट लिए । दीपक होडा र अश्रदिप सिंहले १र१ विकेट लिए । जितसँगै पन्जाबले ५ खेलमा ४ अंक जोडेको छ । पन्जाब तालिकाको पाँचौं स्थानमा रहेको छ ।

मुम्बईको यो तेस्रो हार हो । मुम्बईले पनि ५ खेलमा ४ अंक जोडेको छ । मुम्बई तालिकाको चौंथो स्थानमा रहेको छ ।

प्रतिक्रिया