आइतबार, वैशाख १६, २०८१

मृतावस्थामा युवक फेला

नेपालखोज २०७६ चैत २७ गते १५:१६

प्युठान । प्युठानको स्वर्गद्वारी नगरपालिका—७ भिग्रीका करिब ३५ वर्षीय थमुराम कालाथोकी आज मृतावस्थामा फेला परेका छन् । स्वर्गद्वारीको जङ्गलमा वेबारिसे अवस्थामा कालाथोकीको शव देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख नरेन्द्रकुमार कार्कीले बताए ।

झन्डै डेढ महिनाअघिदेखि हराइरहेका उनी आज मृतावस्थामा फेला परेको उनको भनाइ छ । कालाथोकीको शव परीक्षणपछि परिवारको जिम्मा लगाइने पनि उनले बताए ।

प्रतिक्रिया