आफैले गरेको निर्णयबाट सरकार पछि हट्यो
काठमाण्डौ । करिब डेढ घण्टा अगाडि सरकारले उपत्यकाबाट बाहिर जानेलाई शुक्रबार र शनिवार पठाउने बारेमा गरेको निर्णय उल्ट्याएको छ । प्रदेश सकारको विरोधपछि करिब डेढ घण्टा अगाडि गरेको सरकारको निर्णयबाट पछि हटेको छ ।
उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा बसेको सरोकारबाला मन्त्रालयहरुको बैठकले उपत्यकामा रोकिएकाहरुलाई भोलि र पर्सि बाहिर जान दिने निर्णय गरेको थियो । र, गृहकार्य गर्न गृह मन्त्रालयलाई भनिएको थियो ।
तर प्रदेश सरकारहरुले विरोध गरे । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले काठमाडौंबाट बाहिर जान दिने भए लकडाउनको अर्थ नहुने भन्दै विरोध गरेका थिए ।
गहृ मन्त्रालयले पनि भोलि र पर्सि नै पठाउन सम्भव नभएको राय दिएपछि निर्णय उल्टिएको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले भने, ‘अहिलेलाई यो सम्भव भएन भनेर बुझ्नुपर्यो ।’
प्रतिक्रिया