सोमबार, माघ २८, २०८१

कोरोना संक्रमण रोकथाम गर्न पर्याप्त रकम भए पनि ‘कुन शीर्षकबाट खर्च गर्ने र ?’ भन्ने दुविधा

नेपालखोज २०७६ चैत २८ गते ७:३१

काठमाडौं । विश्वव्यापी फैलिएको कोरोना संक्रमण रोकथाम गर्न स्थानीय तहसँग पर्याप्त रकम भए पनि ‘कुन शीर्षकबाट खर्च गर्ने ?’ भन्ने दुविधा सिर्जना भएको छ ।

Advertisement

खर्च गर्ने तौरतरिका र सम्बन्धित निकायसँग समन्वय अभावमा अधिकांश स्थानीय तह दुविधामा परेका हुन् । दक्षिणकाली नगरपालिका प्रमुख मोहन बस्नेतले स्थानीय तहको विपत व्यवस्थापन कोषमा राखिएको रकम सकिएकाले ‘अब कसरी खर्च गर्ने ?’ भन्ने अन्योल सिर्जना भएको बताउँछन् ।

‘कल्पनै नगरेको महामारी आयो, यसमा केन्द्र र प्रदेश सरकारले पनि सहयोगका साथै खर्च गर्ने कानुनी बाटो खोल्नुपर्छ,’ बस्नेतले भने, ‘यस विषयमा नगरपालिकामा छलफल गर्ने तयारीमा छौँ’ संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता वसन्त अधिकारीले महालेखा नियन्त्रक कार्यालयले स्थानीय तहलाई, समानीकरण, आन्तरिक आय, राजस्व बाँडफाँड शीर्षकबाट खर्च गर्न मिल्ने बाटो खोलिदिएको जानकारी दिए । यो समाचार आजको राजधानी दैनिकमा छापिएको छ ।

प्रतिक्रिया