फिनल्याण्ड आजदेखि नेटोको सदस्य
नेपालखोज
२०७९ चैत २१ गते ७:५४

काठमाडौं । फिनल्याण्ड आज अप्रिल ४ तारिखदेखि उत्तरी एटलान्टिक सन्धि सङ्गठन (नेटो) को ३१औँ सदस्य बन्दैछ । फिनल्याण्डका राष्ट्रपतिको कार्यालयले सोमबार यो निर्णयको औपचारिक जानकारी गराइसकेको छ ।
फिनल्याण्डका राष्ट्रपति साउली निनिस्टो, विदेशमन्त्री पेक्का हाभिस्टो तथा रक्षामन्त्री एन्टी काइकोनेन ब्रसेल्सस्थित नेटो मुख्यालयमा आज हुने विशेष समारोहमा सहभागी हुने छन भने उक्त अवसरमा नेटोको मुख्यालय बाहिर फिनल्याण्डको झण्डा फहराइनेछ ।
फिनल्याण्ड सँगै स्वीडेनले सन् २०२२ मे १८ तारिखमा नेटो सदस्यताका लागि निवेदन दिएका थिए । स्वीडेनको आवेदन टर्कि र हङ्गेरीले अनुमोदन गर्न बाँकी छ ।
सम्बन्धित

प्रतिक्रिया