आइतबार, वैशाख १६, २०८१

नेपालमा हालसम्म ३५ सय बढीको कोरोना परीक्षण

नेपालखोज २०७६ चैत २८ गते १८:२८

काठमाण्डौ । नेपालमा हालसम्म कोरोना परिक्षण ३ हजार ५ सय नाघेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

नेपालमा हालसम्म ३ हजार ५ सय २४ जनाको कोरोना भाइरसको परीक्षण शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेकोपत्रकार समम्ेलनमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए ।

२४ घण्टामा टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला ४०१ नमुना परीक्षण भएको छ भने उपत्यका बाहिर २२९ नमुना परीक्षण गरिएको छ। प्रवक्ता देवकोटाले परीक्षणको दायरा बढाएसँगै नमुना परीक्षण बढिरहेको बताए।

शुक्रबारको अपडेटमा आइसोलेसनमा देशभरी १२५ जना रहेका छन्। काठमाडौंमा १५ जना आइसोलेसनमा छन् भने उपत्यकाबाहिर १०० जना रहेका छन्। क्‍वारेन्टाइनमा हालसम्म ८ हजार ६६० जना रहेका छन्।

आरडीटीबाट गरिने परीक्षणमा कैलालीमा ३३९ नमुना परीक्षण भएका छन् भने कञ्चनपुरमा १३७ नमुना परीक्षण गरिएको छ र सबैको रिपोर्ट नेगेटिभ नै आएको छ। कपिलवस्तुमा २१ वटा परीक्षण भएका छन् बागलुङमा १९ वटा परीक्षण भएका छन् र यी परीक्षणको नमुना पनि नेगेटिभ नै आएको छ।

अरु जिल्लामा पनि परीक्षण सुरु भएको र नतिजा र परीक्षणको संख्या आउन बाँकी रहेको प्रवक्ता देवकोटाले बताए। कोसी अस्पतालमा शुक्रबारबाट पीसीआरबाट कोरोना परीक्षण सुरु भएको बताइएको छ।

यसैगरी देशभरी ११ स्थानमा कोरोनाको परीक्षण भइरहेको छ।

प्रतिक्रिया