शुक्रबार, वैशाख १४, २०८१

प्रभु वैक कर्णालीमा सहयोग गर्दै

नेपालखोज २०७६ चैत २८ गते १०:१३

काठमाडौं । मुलुकभर कोरोना संक्रमणले त्रसित बनाईरहेका बेला प्रभु वैक भने जनताको सेवामा सक्रिय देखिन्छ । वैकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न स्थानहरुमा सहयोग गर्दै आईरहेको छ ।

सोही क्रममा कर्णाली प्रदेश अन्तर्गतका विभिन्न ५ वटा स्थानीय तहलाई खाद्यान्न तथा नगर सहयोग प्रदान गरेको छ ।

वैकले बिरेन्द्रनगर नगरपालिका सुर्खेत, नारायण नगरपालिका दैलेख, भागवतीमाई गाउँपालिका दैलेख, गुराँस गाउपालिका दैलेख, खर्पुनाथ गाउपालिका हुम्ला र से फुक्शुन्डो गाउँपालिका डोल्पालाई ४ लाख ५० हजार बराबरको सहयोग प्रदान गरेको जनाएको छ ।

प्रतिक्रिया