शुक्रबार, वैशाख १४, २०८१

ज्योति विकास बैंकको बोनस सुरक्षित गर्ने आज अन्तिम दिन

नेपालखोज २०७६ पुष १५ गते १०:४२

१५ पुष, काठमाडौं । ज्योति विकास बैंकको १२.७५५ बोनस सुरक्षित गर्ने आज मंगलबार (पुस १५ गते) अन्तिम दिन हो । पुस २९ गते साधारण सभा बोलाएको बैंकले बुधबार (पुस १६ गते) देखि २९ गतेसम्म बुक क्लोज गर्दैछ । यसर्थ, मंगलबारसम्म सेयर खरिद गर्नेले प्रस्तावित लाभांश पाउनेछन् ।

सभा राष्ट्रिय सभागृह, प्रदर्शनी मार्गमा बिहान ११ बजे सुरु हुनेछ । कुनै बैंक तथा वित्तीय संस्थासँग मर्जर वा एक्विजिसनमा जाने सम्झौता गर्नुपरेमा सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने एजेन्डा पनि छ ।

म्युचुअल फण्ड स्थापना गरी कोष प्रवद्र्धकको काम गर्न प्रबन्धपत्र संशोधन गरिनेछ । सर्वसाधारण सेयरधनीको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने १ जना महिला सञ्चालकको निर्वाचन गर्ने कार्यक्रम पनि रहेको छ ।

आर्थिक वर्ष २०७५–७६ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ । आर्थिक वर्ष २०७६–७७ को लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डा पनि छ ।

प्रतिक्रिया