मंगलबार, वैशाख ४, २०८१

सबै तहमा ¥यापिड टेष्ट गरिँदै

नेपालखोज २०७६ चैत ३० गते ९:४०

काभ्रे । आजदेखि काभ्रेपलाञ्चोका सबै स्थानीय तहमा कोरोना भाइरसको ¥यापिड डाइग्नोष्टिक टेष्ट (आरडिटी) हुने भएको छ ।

स्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख डा नरेन्द्रकुमार झाका अनुसार विदेशबाट आएर घरमा एकान्तबास बेसेका र सम्पर्कमा रहेकाहरुको परीक्षणका लागि टोली खटाइएको छ । जिल्लामा ३०० आरडिटी किट उपलब्ध भइसकेको छ ।

काभ्रेमा ६ नगरपालिका र ७ गाउँपालिका गरी १३ स्थानीय तह छन् । यसअघि धुलिखेल अस्पतालमा कोरोना भाइरसको परीक्षणको लागि २३ गतेबाट शुरु भएकोमा हालसम्ममा ३३ जनाको नमूना सङ्कलन गरी परीक्षण गरेकोमा सबैको रिपोर्ट नेगेटिभ आएको छ ।

जिल्लामा गत फागु ३० गतेदेखि हालसम्मका विभिन्न देशबाट गरी २५१ जना व्यक्तिहरु आएकामा सबैजना घरमा नै एकान्तबास बसिरहेको जनाइएको छ ।

जिल्लामा हालसम्ममा धुलिखेल अस्पताल ८ र शिर मेमोरियल अस्पतालमा ५ गरी १३ वटा आईशोलेशन कक्ष रहेको र २८८ वटा क्वारेन्इन तयारी अवस्थामा रहेको डा झाले जानकारी दिए ।

जिल्लामा राहत वितरण गर्दा भिडभाड नगराउन तीन जना मात्रै जान निर्देशन दिइएको छ । प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाको अध्यक्षतामा बसेको बैठकले गृह मन्त्रालयको निर्देशन बमोजिम अब राहत वा सहयोग बाँड्दा स्थानीय तहको प्रतिनिधि १, सुरक्षाकर्मी १ र दाता १ गरी ३ जना मात्रै उपस्थित भएर वितरण गर्ने गरी सबै स्थानीय तहलाई पत्राचार गरिएको जनाए।

प्रतिक्रिया