शुक्रबार, वैशाख ७, २०८१

बीरगञ्जमा तीन भारतीयमा कोरोना संक्रमण पुष्टी भएपछि प्रशासनले कडा गर्ने तयारी

नेपालखोज २०७६ चैत ३० गते १६:०६

बीरगञ्ज । बीरगञ्जको एक मस्जिदमा बसेका तीन जना भारतीयमा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि प्रशासनले यहाँको छपकैया पूर्ण रूपमा सिल गर्ने भएको छ।

पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित बस्नेतका वीरगन्ज महानगरपालिकाको वडा नम्बर २ र ३ मा पूर्ण रूपमा सिल गर्ने तयारी भइरहेको छ। उनका अनुसार यसबारे निर्णय गर्नजिल्ला सुरक्षा समितिको बैठक बसिरहेको छ।

अहिले नेपाली सेनाको टोलीले सिल गर्ने क्षेत्रको अवलोकन गरिरहेको छ।

यसैबीच तीन जना भारतीयमा कोरोना भाइरसको पुष्टि भएपछि वीरगन्जवासी त्रास देखिएको छ। आइतबार नारायणी उपक्षेत्रीय अस्पतालका छेउका मेडिकल पसलहरू पनि प्रायः बन्द गरिएका छन् भने बजारमा रहेका औषधि पसलहरू पनि बन्द छन्।

नयाँदिल्ली र उत्तर प्रदेशबाट आएका २४ जना भारतीय नागरिकहरू छपकैयाको एक मस्जिदमा बसिरहेका थिए। स्थानीयवासीको सूचनाका आधारमा प्रशासनले त्यहाँ बसेका सबैलाई परीक्षण गर्न अस्पताल ल्याएको थियो।

प्रतिक्रिया