बिहीबार, वैशाख ६, २०८१

कोरोना संक्रमणको विशेष सतर्कता अपनाउँदै एन आई सी एशिया बैंक 

नेपालखोज २०७६ चैत ३० गते १७:०८

काठमाडौं । कोरोना भाइरसको संक्रमणलाई न्यूनीकरण गर्नको लागि सरकारले लकडाउन घोषणा गरिरहेका बेला देशभर यातायात, उद्योग, कलकारखाना, विकास निर्माण लगायत क्षेत्रहरू बन्द छन् । लकडाउनका बेला पनि मुलुकको अर्थतन्त्रलाई चलायमान राख्न वित्तीय क्षेत्रलाई सञ्चालन गर्न आवश्यक देखिए अनुसार एन आई सी एशिया बैंकले कोरोना संक्रमण न्यूनिकरण सतर्कताका विधिहरू अपनाई आफ्ना सेवाहरूलाई निरन्तरता दिएको छ ।

विश्वमा पहिलोपटक कोरोना  संक्रमणको जोखिम भेटिएदेखि नै नेपालमा हुनसक्ने जोखिमको परिकल्पना गर्दै विशेष सावधानीका साथ बैंकले ग्राहकलाई आफ्ना सेवा तथा सुविधा प्रदान गरिरहेको छ ।

ग्राहक तथा कर्मचारीवर्गको सुरक्षालाई पहिलो प्राथमिकतामा राखेर बैंकले हालसम्म ५० वटा भन्दा बढी शाखा कार्यालय, कुल ४६१ वटा एटिएम तथा विभिन्न विद्युतीय माध्यमहरूबाट ग्राहकहरूको विभिन्न बैंकिङ्ग आवश्यकताहरू पूरा गरिरहेको छ ।

जसमध्ये बैंकले सामाजिक सञ्जाल, एसएमएस तथा पोस्टरहरू मार्फत कोरोना संक्रमण तथा यसबाट सावधानीको उपायका बारेमा जनचेतनामूलक जानकारी दिइरहेको भने बैंकले सेवा दिइरहेका शाखा कार्यालयहरूमा ग्राहक पुग्नुभन्दा २ घण्टा अगावै सेवाग्राहीको चहलपहल हुने क्षेत्र तथा कर्मचारीहरूको कार्यक्षेत्र सम्पूर्ण रुपमा कोरोना संक्रमण  प्रतिरोधक हुने गरी डिस्इन्फेक्टेण्ट  औषधी छर्किने गरिएको । त्यस्तै वैकले ग्राहकले एटिएम प्रयोग गर्दा स्यानिटाइजर प्रयोग गर्न अनिवार्य व्यवस्था गरिएको ।

प्रतिक्रिया