बिहीबार, चैत १५, २०८०

सहुलियत मूल्य पसलमा गएनन् ग्राहक

नेपालखोज २०७७ वैशाख १ गते ७:१६

काठमाडौँ । अत्यावश्यकीय खाद्य सामानमा उपभोक्तालाई राहत दिन खोलिएका सहुलियत मूल्य पसलमा कारोबार निकै कम छ । थोरै ठाउँमा भए पनि सञ्चालन गरिएका त्यस्ता पसलमा बन्दाबन्दीका कारण ग्राहक आउनै पाउँदैनन् ।

बन्दाबन्दी पहिले ग्राहकको भीड थेग्न नसकेको साल्ट ट्रेडिङ कर्पोरेसनमा उपभोक्ता छिर्न सकेका छैनन् । कर्पोरेसनको सतुङ्गल बिक्री केन्द्रका प्रमुख प्रेम ढकालको अनुभवमा बन्दाबन्दीपूर्व ग्यास, चिनी र नुन किन्नेको भीड हुन्थ्यो तर अहिले ग्राहक नै छैनन् ।

बन्दाबन्दी नहुँदै दैनिक दुई÷तीन लाख रुपियाँको व्यापार गरेको बताउँदै उनले पहिले ग्यास मात्र दैनिक ५० सिलिन्डरभन्दा बिक्ने गरेकामा अहिले मुस्किलले चार÷पाँचवटा बिक्ने गरेको तर चिनी, नुन, चामल र दालका लागि ग्राहक नै नआउने उल्लेख गरे ।

ग्यास आधा सिलिन्डरमा आउन थालेदेखि ग्यास पनि बिक्नै छाडेको उनको बुझाइ छ । पहिले कर्पोरेसनका सामान किन्न थानकोट, बलम्बु, नैकाप, तीनथाना, मच्छेगाउँ र सतुङ्गलका ग्राहक आउने गरेकामा बन्दाबन्दीपछि स्थानीय मात्रै ग्राहक रहेको प्रमुख ढकालले थपे ।कर्पोरेसनको केन्द्रीय बिक्री केन्द्र कालीमाटीमा पनि अवस्था उही छ । यो समाचार गोरखापत्रमा छ ।

प्रतिक्रिया