शुक्रबार, वैशाख १४, २०८१

वरिष्ठ पत्रकार आचार्यको निधन

नेपालखोज २०७६ असोज १९ गते ९:४८

१९ असोज, काठमाडौं । वरिष्ठ पत्रकार राजेन्द्रदेव आचार्यको कलेजोमा देखिएको खराबीका कारण आज ६१ वर्षको उमेरमा निधन भएको छ ।

दुई दशकसम्म नेपाल टेलिभिजनको समाचार प्रमुख भई नायब महाप्रबन्धकबाट अवकाशप्राप्त उहाँ हाल न्यूज–२४ को समाचार प्रमुखका रुपमा कार्यरत थिए ।

उपचारका क्रममा थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएका आचार्यको केहीबेरपछि पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने नेपाल टेलिभिजनका प्रमुख समाचारदाता राजु सिलवालले जानकारी दिए ।

पत्रकारिता अध्यापन, पुस्तक लेखनमा समेत क्रियाशील आचार्यको ‘‘चिन्तन मनन’ टेलिभिजन कार्यक्रम लोकप्रिय थियो । उनका श्रीमती, एक छोरी छन् ।

प्रतिक्रिया