शुक्रबार, वैशाख १४, २०८१

कैलालीको लम्कीकी एक वृद्धामा कोरोना संक्रमण

नेपालखोज २०७७ वैशाख १ गते १३:१६

कैलाली । ६५ वर्षीया एक बृद्धामा कोरोना भाइरस (कोभिड(१९) को संक्रमण भएको छ । उनमा कोरोना संक्रमण भएको पुष्टि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतले गरेको छ । अहिले उनलाई सेती प्रादेशिक अस्पताल, धनगढीमा लगेर भर्ना गरिएको छ । संक्रमित उनी कैलालीको लम्की चुहा नगर पूर्वलम्कीकी का वासिन्दा हुन् । तर उनी वीरगञ्ज नाकामा चिया पसल गर्दै आएका थिए । कोरोना रोकथामकालागि सरकारले लकडाउन गरे पश्चात उनी लम्की आएको र लम्की बहुमुखी म्याम्पसमा क्वारेन्टाइनमा बसेको लम्की चुहा नगरपालिकाले जनाएको छ ।

क्वारेन्टाइन पछि,

क्वारेन्टाइन बसाइका क्रममा उनको र्‍यापिड डायग्नोस्टिक टेष्ट किटबाट परिक्षण गरियो ।
— रिपोर्ट नेगेटिभ देखियो ।
— चैत्र २८ मा नगरपालिकाले घर फर्कायो । क्वारेन्टाइनबाट फर्के पश्चात उनले आफन्तलाई समेत भेटघाट गरेको स्थानियले बताएका छन् ।

प्रतिक्रिया