बिहीबार, वैशाख १३, २०८१

प्रदेश २ मा ३३ अर्ब ७९ करोडको बजेट सार्वजनिक

नेपालखोज २०७८ असार १ गते १९:४२

महोत्तरी । प्रदेश २ सरकारले आउँदो आर्थिक वर्षका लागि ३३ अर्ब ७९ करोड १४ लाख ३० हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री विजय यादवले मङ्गलवार प्रदेश सभामा आर्थिक वर्ष २०७८/०७९ का लागि बजेट प्रस्तुत गरेका हुन् ।

बजेटमा चालुतर्फ १५ अर्ब ६३ करोड ४७ लाख र पुँजीगततर्फ १८ अर्ब करोड पाँच करोड ८० लाख ८३ हजार रुपैयाँ छुट्याइएको मन्त्री यादवले बताए । त्यस्तै वित्तीय व्यवस्थापनतर्फ १० करोड रुपैयाँ छुट्याइएको छ ।

प्रदेश सरकारले चालु आर्थिक वर्षमा ३३ अर्ब ५६ करोड नौ लाख रुपैयाँको बजेट ल्याएको थियो । सङ्घीय सरकारबाट सामान्यीकरण सहितका अनुदानबाट १३ अर्ब ९० करोड ३४ लाख, राजस्व बाँडफाँडबाट नौ अर्ब ५८ लाख, चालु आर्थिक वर्षमा खर्च हुन नसक्ने ६ अर्ब २५ करोड र अपुग रकम आन्तरिक ऋण परिचालन गर्ने गरी ३३ अर्ब ७९ करोड १४ लाख ३० हजार रुपैयाँको बजेट प्रस्तुत गरिएको हो ।

आर्थिक मामिला तथा योजना मन्त्री विजय यादवले सार्वजनिक गर्नुभएको बजेटमा कोरोना महामारी रोकथामका लागि अक्सिजन सिलिन्डर, रेम्डेसिभिर, कोरोना परीक्षण गर्ने किटलगायत स्वास्थ्य सामग्री खरिदका लागि २० करोड रुपैयाँ विनियोजन गरिएको छ ।

प्रतिक्रिया