मंगलबार, वैशाख ११, २०८१

काठमाडौंमा पनि बढ्यो कोरोनाको त्रास, सनसिटी अपार्टमेण्टमा प्रहरी तैनाथ

नेपालखोज २०७७ वैशाख १ गते १९:५५

काठमाडौं । सरकारले लकडाउने गरेको तेश्रो हप्ता पुगेकै दिन काठमाडौंमा थप दिन जनालाई कोरोना संक्रमणको आशंक गरिएको छ । पेप्सिकोलास्थित सनसिटी अपार्टमेन्टको एकै परिवारमा तीन जनाको र्‍यापिड टेष्टमा पोजेटिभ आएपछि उनीहरुलाई पाटनअस्पताल भर्ना गरिएको छ ।

२८ दिन अघि बेलायतबाट आएर सनसिटी अपार्टमेन्टको ए ब्लकमा बसिरहेका उनीहरु उनीहरुमा लक्षण देखिएपछि र्‍यापिड टेष्ट गरिएको थियो । सनसिटी अपार्टमेण्टमा संक्रमण सर्न सक्ने सम्भावनालाई ख्याल गदै सो स्थानमा आवात जावत गर्न प्रहरीले रोक लगाएको छ ।
सरकारले गरेका लकडाउनलाई क¥फ्र्यू जस्तै ठान्दै हिड्ने गरेका कारण पनि अव काठमाडौंमा कोरोनाको संक्रमण बढ्ने हो कि भन्ने त्रास बढ्न थालेको छ । लकडाउनका अवस्थामा दैनिक उपभोग्य सामग्री आयात गरिरहेका सवारी साधनमा पनि कर्मचारीका नाममा तराई तथा भारतबाट व्यक्तिहरु आईरहेका छन् ।
थानकोट चेकपोष्टबाट सयभन्दा बढी खाद्यान्न सामानका सवारी भित्रिँदा त्यसबाट करिव ७ सय भन्दा बढी व्यक्ति काठमाडौं भित्रिरहेको देखिन्छ । तर ती काठमाडौं प्रवेश गरेका व्यक्तिहरुको स्वास्थ्य परिक्षणमा कुनै पनि कामकार्वाही भएको देखिँदैन । जसका कारण काठमाडौंमा कोरोनाको त्रास बढ्न थालेको हो ।
२१ औं दिनसम्म काठमाडौं उपत्यकालाई सुरक्षित भनिएपनि आज सनसिटी अपार्टमेण्टमा बस्ने एकै परिवारका व्यक्तिमा कोरोना संक्रमण आशंका गरिएपछि विदेशबाट आएर घरमा नै बसेकाका कारण काठमाडौंमा कोरोन बढ्ने हो कि भन्ने आशंका पैदा भएको छ । समाचार तयारपार्दासम्म नेपालमा १४ जना मात्र कोरोना संक्रमित नेपालमा भेटिएका छन् । यद्यपी यसको संख्या अर्को साता बढ्ने सम्भावना निकै छ ।
कोरोना संक्रमण न्यूनिकरण र रोकथामका लागि सरकाले गरेको लकडाउनको समयलाई विगतमा भएका नेपाल वन्द वा क¥फुर्य जस्तो ठान्दै तरकारी बजार तथा खाद्य सामग्री खरिद गर्ने नाममा गरिने भीडभाडका कारण काठमाडौंमा यसको जोखिम बढेको हो ।

प्रतिक्रिया