शुक्रबार, चैत १६, २०८०

महरालाई पूर्वविशिष्ट पदाधिकारीको हैसियतमा गाडी सुविधा

नेपालखोज २०७७ वैशाख २ गते ६:४५

काठमाडौं । पूर्वसभामुख कृष्णबहादुर महरालाई गम्भीर अभियोगमा सफाइ पाउनासाथ संसद सचिवालयले पूर्वविशिष्ट पदाधिकारीको हैसियतमा गाडी सुविधा उपलब्ध गराएको छ ।

बलात्कार प्रयासको अभियोगमा सफाइ पाएको केही समयपछि नै महराले सचिवालयबाट पाएको स्कार्पियो गाडी चढ्दै आएको खबर कान्तिपुर दैनिकमा छापिएको छ।

उनले गाडीको मर्मतसम्भार खर्चसमेत सचिवालयबाट पाइरहेको जानकारी समाचारमा उल्लेख छ ।

संसद सचिवालयमा कार्यरत एक महिला कर्मचारीमाथि बलात्कार प्रयास अभियोग लागेपछि उनले सभामुखबाट राजीनामा दिएका थिए भने पछि सोही प्रकरणमा पक्राउ परेका थिए । पछि जिल्ला अदालत काठमाडौंले उनलाई निर्दोष ठहर गर्दै रिहा गरेको थियो ।

प्रतिक्रिया