शनिबार, असार ७, २०८२

किन आफै ट्रक चलाउँदै पशुपति पुगे आनन्द बतास ?

नेपालखोज २०७७ वैशाख २ गते १३:३७

काठमाडौं । व्यवसायी एवं बतास अर्गनाईजेसनका प्रमुुख आनन्द बतास आफै ट्रक चलाएर पशुपति क्षेत्र पुगेका छन् । उनी अरु कामले होइन कोरोना संक्रमणका कारण सरकारले लकडाउन गरेका कारण सडकमा अलपत्र परेका छाडा गाई बाच्छा संरक्षणका लागि पुगेका हुन् ।

पशुपति क्षेत्र विकास कोषले शुरुवात गरेको सडकमा छाडा गाई र बाच्छा संरक्षण अभियानमा बतास अर्गनाईजेसनले आफ्नो परोकारी संस्था बतास फाउण्डेनसले साथ दिईरहेको छ ।

बाच्छा संरक्षणमा सक्रिय भईरहेका बतास गाईबाच्छालाई ट्रकमा राख्ने मात्र होइन आफैले ट्रक चलाएर सुरक्षित गर्दै आईरहेका छन । गाई संरक्षणका लागि पशुपति विकास कोषलाई २ वटा ट्रक पिकअपका साथै ६ जना जनशक्रि समेत उपलब्ध गराउँदै आईरहेको बतास फाउण्डेसनले जानकारी दिएको छ ।

सडकमा खुल्ला रुपमा छाडिएका चौपायाहरुलाई एक साताभित्र ५ सय गाईबाच्छा व्यवस्थापन गर्नका लागि अभियान नै चलाई रहेको छ । सडकमा रहेका गाईबाच्छालाई उद्दार गरी कागेश्वरी मनोहरा छेउमा रहेका सार्वजनिक चौरमा राखिएको छ ।

अरु व्यवसायीहरु घरमा बसिरहेका बेला आनन्द बतास भने आफै ट्रक चलाउँदै सामाजिक कार्यमा खटिएका छन् । जसका कारण सडक छाडा छाडिएका संरक्षण विहिन चौपायहरुको संरक्षणमा योगदान पुगेको छ ।

प्रतिक्रिया