शनिबार, वैशाख २९, २०८१

राहत वितरणमा सहयोग गर्दै नेपाली कांग्रेस

नेपालखोज २०७७ वैशाख २ गते १५:४६

उदयपुर । कोभिड –१९ को जोखम हुन नदिन लकडाउन जारी भएपछि त्रियुगा नगरपालिकाभित्र रोजगारी गुमाएका तथा दैनिक ज्यालादारी गर्ने मजदूरलाई नेपाली काँग्रेस त्रियुगा नगर समितिले ६० क्वीन्टल चामल राहत उपलब्ध गराएको छ । काँग्रेस नगर समितिका सभापति सरोज बस्नेतको संयोजकत्वको समितिले नगरपालिका भित्रका गरिब, मजदूर र दैनिक ज्यालादारी गर्नेलाई त्रियुगा नगरपालिका मार्फत् दुईलाख चालीस हजार बराबरको ६० क्वीन्टल चामल राहत उपलब्ध गराएको जानकारी दिए।

नगर समितिले आफ्ना सदस्य तथा पदाधिकारीबाट नगद सङ्कलन गरी त्रियुगा नगरपालिकाका मेयर बलदेब चौधरीलाई राहत वितरणको लागि हस्तान्तरण गरेको संयोजक बस्नेतले बताए । उनले भने,“नेपाली काँग्रेस अहिले प्रतिपक्षमा रहेर सङ्घ, प्रदेश तथा स्थानीय तहमा कोभिड –१९ को जोखिम हुन नदिन सहयोग गर्दै आएको छ । ” नगरभित्र अहिले झण्डै चारहजार गरिब तथा मजदूरहरुलाई राहत बितरण गर्ने कार्य त्रियुगा नगरपालिकाले सम्पन्न गरिसकेको र अन्यलाई पनि वितरण कार्य अभियान अगाडी बढाइरहेको नगरप्रमुख चौधरीले जानकारी दिए ।

प्रतिक्रिया