मंगलबार, वैशाख ११, २०८१

आजको मौसमः केही स्थानमा हिमपातको सम्भावना

नेपालखोज २०७७ माघ १२ गते ८:२२

काठमाडौं । आज बिहान काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ३.६ डिग्री सेल्सियस मापन गरिएको छ । दिउँसो उपत्यकाको अधिकतम तापक्रम १७ देखि १९ डिग्री सेल्सियससम्म पुग्ने अनुमान गरिएकाे छ । अहिले बिहान हुस्सु लागेको काठमाडौंमा दिउँसो भने मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अहिले बिहान तराई भू-भागमा बाक्लो हुस्सु लागेको छ । धेरै स्थानमा अपराह्नन्नसम्म हटे पनि कतिपय स्थानमा साँझसम्म नै हुस्सु रहने महाशाखाले जनाएको छ ।

आज दिउँसो प्रदेश १,गण्डकी र सुदुरपश्चिम प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रहि बाँकि भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । सुदूरपश्चिम, गण्डकी र प्रदेश १ को उच्च पहाडी तथा हिमाली भू-भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना महाशाखाको अनुमान छ ।

यसैगरी आज राती प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहि बाँकि भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

प्रतिक्रिया