शुक्रबार, वैशाख १४, २०८१

भारतसँगका सीमा नाकामा थप कडाई गर्ने सरकारको निर्णय

नेपालखोज २०७७ वैशाख २ गते १७:०२

काठमाडौँ । आज बसेको मन्त्रिपरिषद बैठकले सीमा नाकामा थप सुरक्षा तैनाथ गर्ने भएको छ । भारतमा कोरोना संक्रमण तिव्र रुपमा बढेको र नेपाली सीमा नाकामा कोरोना जोखिम उच्च भएकाले नाकामा थप कडाइगर्ने निर्णय गरेको सरकारले जनाएको छ ।

यससँगै सरकारले आन्तरिक लकडाउनलाई पनि थप कडाई गर्ने तयारी थालेको छ । सीमा नाकामा निगरानी उच्च राख्दै आन्तरिक लकडाउनलाई पनि कडाई गर्ने बताइएको छ ।

भारतमा सामान्य अवस्था नभएसम्म सिमानाका खुकुलो नहुने मन्त्रिपरिषदका सदस्यले जानकारी दिएका छन् ।

प्रतिक्रिया