शनिबार, वैशाख ८, २०८१

जनताले विश्वास गर्नै छाडे जलविद्युतका प्रवर्धकलाई , आइपिओ नबिक्दा लगानी जुटाउन कठिन

नेपालखोज २०७६ कार्तिक २४ गते ११:२३

२४ कार्तिक, काठमाडौ । विभिन्न जलविद्युत आयोजनामा भएको लगानीबाट प्रतिफल नै नपाएपछि पछिल्लो समय जनताले जलविद्युत आयोजनामा लगानी नै गर्न छाडेका छन् । प्राथमिक सेयर अर्थात आइपिओ नै बिक्न छाडेपछि जलविद्युत आयोजनाका प्रवर्धकहरुलाई लगानी जुटाउनै कठिन हुने देखिएको छ ।

सरकारले १० वर्षमा १५ हजार मेगावाट विद्युत उत्पादन गरि ५ हजार त बिदेशमा निर्यात गर्ने योजना बनाएको छ । तर अहिले नै निर्माणाधिन अवस्थामा रहेका आयोजनामा भने लगानी नै नजुट्ने भय पैदा भएको छ ।

गत असोज १६ गते शिव श्री हाइडोपावरले ३३ करोड ५१ लाख रुपैयाँ बराबरको प्राथमिक सेयर निष्काशन गर्याे । तर यसको जम्मा २१ प्रतिशत अर्थात ७ करोड ६ लाखको लागि मात्रै सेयर आवेदन परेको छ ।

त्यसैगरि गतअसार अन्तिममा हिमाल दोलखा हाइड्रोपावर कम्पनीले सर्वसाधारणका लागि ३० करोड ९३ लाख २५ हजार कित्ता बिक्री खुला गर्याे । साथै यसले स्थानियका लागि भने १ करोड २७ लाख ७९ हजार कित्ता सेयर निष्काशन गर्याे । स्थानियका लागि निष्काशन गरिएको सेयर ७ प्रतिशतमात्रै खरिद भयो भने सर्वसाधारणका लागि निष्काशन भएको सेयर ४१ प्रतिशतमात्रै खरिद भयो ।

अहिले प्रवर्धक, बैंक र जनताको संयुक्त लगानीमा विभिन्न जलविद्युत आयोजनाहरु निर्माण भइरहेका छन् । जलविद्युत आयोजनामा जनताको लगानी हुने भएपनि त्यसमा मनोमानी भने प्रवर्धककै मात्रै रहन्छ । एकै ब्यक्ति प्रवर्धक, ठेकेदार र सप्लार्यस हुने भनेको जलविद्युत आयोजनामा मात्रै हो ।
आफ्नो तलब आफै तोक्ने प्रवर्धकले जनताको लगानी डुबाएर आफुले भने मोजमस्ती गर्ने गरेका छन् । जसका कारण पछिल्लो समयमा निर्माण भइरहेका आयोजनामा भने जनताको लगानी जुटाउन कठिन हुँदै गएको बिज्ञहरु बताउँछन् ।
पछिल्लो तीन वर्षमा २१ वटा जलविद्युतआयोजनाले सर्वसाधारणका लागि सेयर निष्काशन गरेकामा १२ वटा जलविद्युत आयोजनाको सेयर पुर्ण रुपमा बिक्री हुन नसकेको देखिन्छ ।
यसअघि ग्रिनलाइफ हाइड्रोपावर,पाँचथर हाइड्रोपावर र युनिभर्सल हाइड्रोपावरको सेयर सर्वसाधारणले खरिद नगरेको धितोपत्रबोर्डका अधिकारीहरु बताउँछन् ।

लगानीकर्ताहरु भने विद्युत प्राधिकरणले विद्युत खरिद न्युन रकममा गर्नुका साथै अन्य आवश्यक आर्थिक सहयोग नगरेका कारण जलविद्युत आयोजनाहरु रुग्ण बनेको बताउँछन् । तर बिज्ञहरु भने जलविद्युत क्षेत्रमा प्रवर्धक, आफै ठेकेदार र आफै सप्लायर्स हुँदा त्यसको नियमन गर्ने निकाय नभएका कारण कैयन आयोजनामा जनताले गरेको लगानी डुबीरहेकाले लगानी जुट्न नसकेको बताउँछन् ।

सेयरबजारमा सूचिकृत भएका ३२ वटा कम्पनीहरु मध्ये अहिले १९ वटा कम्पनीहरुको मूल्य १ सयभन्दा पनि तल ओर्लिएको छ । जसले पनि जलविद्युत आयोजनामा हुने लगानीमा कमि आएको हो । चिलिमे जलविद्युत आयोजनाले उच्च प्रतिफल दिएकाले केहि वर्ष अघिसम्म जलविद्युत आयोजनाको सेयरमा लगानीगर्न लगानीकर्ताहरु बिच तछाडमछाड नै हुन्थ्यो । तर, त्यसपछि बनेका आयोजनाले प्रतिफल दिन नसकेसँगै अहिले जलविद्युत आयोजनामा लगानीकर्ताको रुचि नै कम भएको छ ।

प्रतिक्रिया