शनिबार, वैशाख १५, २०८१

काठमाडौँमा १ महिला र १ पुरुषमा कोरोना पुष्टी, अपार्टमेन्टका सबैको कोरोना परिक्षण हुने

नेपालखोज २०७७ वैशाख २ गते १५:३५

काठमाडौँ । काठमाडौँमा १ जना पुरुष र एक महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । पेप्सीकोला स्थित सनसिटी अपार्टमेन्टमा रहेका दुई जनामा संक्रमण पुष्टी भएको सरकारले जानकारी दिएको छ । बेलायतबाट चैत ५ गते फर्किएका उनीहरुमा आज टेष्ट गरिएको थियो ।

उनीहरुको परिवारका ३ जना ( आमा, छोरा र बुहारी ) को स्वाब टेष्ट गर्दा आमा र छोरामा संक्रमण भएको पाइएको हो । अहिले यो अपार्टमेन्टलाई सिल गरिएको छ भने यस अपार्टमेन्टमा बस्ने सबैको कोरोना परिक्षण जाँरी राखिएको छ ।

प्रतिक्रिया