थप दुई जनामा कोरोना पोजेटिभ, दुई गाउँ सिल

नेपालखोज २०७७ वैशाख ३ गते १४:२३

सप्तरी । सप्तरीमा दुई जनामा कोरोना (कोभिड १९) पोजेटिभ देखिएको छ । दिल्लीबाट फर्केका दुई जना जमातीको रिपोर्ट पोजेटिभ आएको हो । उनीहरुमा र्‍यापिड परीक्षण गरिएको थियो ।

उनीहरु भारतको दिल्लीबाट फर्केका थिए । उनीहरु भारतबाट फर्केर घरमा बसिरहेका बेला प्रहरीको टोलीले हिजो राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल ल्याएर र्‍यापिड परीक्षण गराएको थियो ।

सोहि क्रममा संक्रमण भएको देखाएपछि अहिले सप्तरीको खड्क नगरपालिकाको वडा नम्बर ११ र तिलाठी कोइलाडी गाउँपालिकाको वडा नम्बर १ लाई सिल गरेको छ । यि गाउँ सिल गरिएसँगै यहाँ जो मान्छे जहाँ छ त्यही रहने छन् । घर बाहिर निस्कन पाउँने छैनन् ।

प्रतिक्रिया