मंगलबार, वैशाख ११, २०८१

अभाव पूर्ति गर्न रक्त सङ्कलन

नेपालखोज २०७७ वैशाख ३ गते १५:५८

ललितपुर । मुलुकभर जारी लकडाउनका कारण रगतको अभाव भएपछि श्रीमहालक्ष्मी नगरपालिकास्थित लामाटारमा १३५ पिन्ट रगत सङ्कलन गरिएको छ । उक्त वडा कार्यालयको विपद् व्यवस्थापन समिति र नेपाल रेडक्रस सोसाइटी लामाटार उपशाखाको संंयोजनमा आज आयोजित कार्यक्रममा २९ महिला र १०६ पुरुषले रक्तदान गरेको उपशाखाका पूर्व सभापति तथा वर्तमान जिल्ला उपसभापति दीपक गौतमले जानकारी दिए ।

उक्त वडा वडा कार्यालय तथा स्थानीय आठ सहकारी संस्थाले रक्तदान कार्यक्रमका लागि आर्थिक सहयोग गर्नुका साथै रक्तदातामा सामाजिक दूरी कायम गराउन स्वयंसेवकसमेत उपलब्ध गराएका थिए । ललितपुरमा दैनिक ३५ पिन्ट रगत आवश्यक भएपनि लकडाउनका कारण रगत अभाव हुन थालेको थियो । हाल यहाँ दैनिक १८ पिन्टसम्म रगत सङ्कलन हुँदै आएको र केन्द्रीय कार्यालयले पनि सङ्कलनका लागि आग्रह गरेकाले शिविर नै खडा गरेर रगत सङ्कलन गर्न थालिएको रेडक्रसका जिल्ला सभापति बाबुराजा महर्जनले बताए।

रगत सङ्कलन, कोरोना भाइरस संक्रमण फैलन नदिन क्वारेन्टाइन व्यवस्था, खानेपानी, सरसफाइलगायत सेवामूलक कार्यका लागि जिल्ला र नगरपालिकामा रेडक्रसको जिल्ला कार्यालयका प्रतिनिधि र वडास्तरमा उपशाखाका प्रतिनिधिलाई समन्वय पठाएको उनले जानकारी दिए ।

प्रतिक्रिया