बिहीबार, वैशाख १३, २०८१

यात्रु बोकेको एम्बुलेन्स पक्राउ

नेपालखोज २०७७ वैशाख ३ गते १७:४६

पाल्पा । जिल्ला प्रहरी कार्यालयले तानसेन नगरपालिका–५ होलाङ्दीमा यात्रु बोकेको एम्बुलेन्स नियन्त्रणमा लिएको छ । लकडाउनका समयमा आठ यात्रुसहित पाल्पाको प्रभाषबाट बागलुङतर्फ जाँदै गरेको लु २ च १४८० नम्बरको एम्बुलेन्स र चालक डम्बरबहादुर सुनारलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सुरज श्रेष्ठले जानकारी दिए ।

लकडाउनका अवधिमा जिल्लामा २६५ सवारी साधन नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया