शुक्रबार, वैशाख १४, २०८१

कैलालीमा १५ वर्षिया किशोरीको सामूहिक बलात्कार

नेपालखोज २०७७ वैशाख ३ गते १९:२६

कैलाली । कैलालीमा फेरि एक किशोरीको सामूहिक बलात्कार भएको छ । १५ वर्षिया किशोरीमाथि मंगलबार साँझ सामूहिक बलात्कार भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनी गोठालो गएका बेला बलात्कार भएको हो । घटनामा संलग्नताको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । कैलालीका प्रहरी प्रवक्ता डीएसपी दक्ष बस्नेतका अनुसार जोशीपुर गाउँपालिका–४ लालपुरफका २९ वर्षका रामकुमार चौधरी, २२ वर्षका मंगल चौधरी र ३१ वर्षका सुरेश कुमार चौधरी लाई सामूहिक बलात्कारको आरोपमा पक्राउ गरिएको छ ।

यसअघि सोमबार राति (अस्ति) पनि कैलालीकै गौरीगंगा नगरपालिका १ कि १७ वर्षीया किशोरीमाथि पनि सामूहिक बलात्कार भएको थियो । घटनामा संलग्नताको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको थियो ।

प्रतिक्रिया