शुक्रबार, वैशाख २८, २०८१

११ जुवाडे पक्राउ

नेपालखोज २०७८ असोज ३१ गते १२:२९

काठमाडौं । गोकर्णेश्वर नगरपालिका ५, नयाँबस्तीमा डेरा गरी बस्ने मकवानपुरका ३४ वर्षीय असल बलको कोठामा तास खेलिरहेको अवस्थामा उनीसँगै ११ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

उनले आफ्नो कोठामा जुवातास खेलाइरहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरुलाई दुई लाख ८२ हजार ५ सय रुपैयाँ र ४ बुक ताससहित शनिबार दिउँसो पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया