तीन निजी कम्पनीसँग सरकारले ग¥यो स्वास्थ्य सामाग्री खरिदको सम्झौता
नेपालखोज
२०७७ वैशाख ५ गते १४:२४
काठमाडौँ । कोरोना भाइरस (कोभिड १९) को रोकथाम र उपचारका लागि आवश्यक सामग्री खरिदका लागि सम्झौता भएको छ । सरकारले सामाग्री खरिदकालागि विहिबार तीनवटा निजी कम्पनीसँग सम्झौता गरेको हो ।
सम्झौतामा स्वास्थ्यकर्मीले लगाउने व्यक्तिगत सुरक्षा सामग्री (पीपीई सेट), सर्जिकल तथा एन ९५ मास्क लगायतका सुरक्षा सामग्री दुई साता भित्र ल्याउने भनिएको छ ।
सम्झौताको रकम २९ – ३० करोड रुपैयाँको छ । सम्झौता गर्ने कम्पनीहरुमा ओम सर्जिकल, हाम्रो मेडि कन्सर्न र लुम्बिनी हेल्थ केयर रहेका छन् ।
सम्बन्धित

प्रतिक्रिया