शुक्रबार, वैशाख १४, २०८१

भीरबाट लडेर युवाको मृत्यु

नेपालखोज २०७७ वैशाख ७ गते १३:३५

बागलुङ । भीरमौरीको मह निकाल्न गएका बागलुङ गलकोटका एक युवाको भीरबाट लडेर शनिबार राति मृत्यु भएको छ । गलकोट नगरपालिका–५ का ३३ वर्षीय पुरन राना गलकोटको कौलेनी जङ्गलमा साथीहरुसँग मह निकाल्न गएका थिए ।

रातको समयमा मह निकाल्न गएका पुनको भिरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी निरीक्षक हेम केसीले जानकारी दिए । घटनाको पूरा विवरण आउन बाँकी छ । इलाका प्रहरी कार्यालय हरिचौरका प्रहरी निरीक्षक केशर थापाको टोली घटनास्थलतर्फ जाँदै गरेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

प्रतिक्रिया