शुक्रबार, चैत १६, २०८०

सङ्क्रमितका आफन्तको आरडिटी परीक्षण नेगेटिभ

नेपालखोज २०७७ वैशाख ७ गते १४:०५

चितवन । गत चैत ३ गते कतार एयरवेजमार्फत बेलायतबाट हङकङ हुँदै नेपाल आएका दुई जना कोरोना भाइरसका सङ्क्रमित नजिकका आफन्तको ¥यापिड डायग्नोष्टिक टेष्ट ९आरडिटी० विधिमार्फत कोरोना परीक्षण गरिएको छ । राप्ती नगरपालिकामा गरिएको परीक्षणमा सङ्क्रमितसँगै दिनहुँजसो उठबस गरेका आठ आफन्तको जाँच गरिएको र ती सबैको नतिजा नेगेटिभ आएको जनस्वास्थ्य कार्यालय चितवननका प्रमुख दीपक तिवारीले जानकारी दिए ।

उनीहरुको सम्पर्कमा आएका दुई सवारी चालकको भरतपुरमा र अन्यको राप्तीमै सो जाँच गरिएको हो । उनीहरु सबैलाई राप्ती नगरपालिका–८ स्थित ब्रह्मनगर माविको क्वारेन्टाइनमा राखिएको राप्ती नगरपालिकाका प्रमुख प्रभा बरालले जानकारी दिए । सङ्क्रमित भएका व्यक्तिमा पनि कुनै प्रकारको लक्षण नदेखिरहेको अवस्थामा नजिकैका आफन्तको पनि थप परीक्षण गर्नुपर्ने भएकाले सबैलाई क्वारेन्टाइनमा राखिएको उनको भनाइ छ । उनीहरुसँगै स्थानीय गाउँले र भेटघाट भएका सबै व्यक्तिलाई समेत क्वारेन्टाइनमा राख्ने तयारी नगरपालिकाले गरेको छ ।

यसैबीच सङ्क्रमित देखिएका राप्ती नगरपालिकाको वडा नं ८ मा अन्य स्थानका बासिन्दालाई प्रवेशमा निषेध गरिएको छ । नेपाल आएर दुई दिन काठमाडौँको बसाइसँगै उनीहरु चैत ५ गते चितवन आएकाले उनीहरुको सम्पर्कमा आएका सबैको पहिचान गर्न कठिन भएको छ । उनीहरु चढेर आएको माइक्रोबसको ट्राफिक प्रहरीले खोजी गरिरहेको छ । सङ्क्रमित भरतपुर अस्पतालको आइसोलेसनमा छन् । उनीहरु दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ । सङ्क्रमण देखिएसँगै जिल्लामा लकडाउनलाई थप कडाइ गरिएको चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले जानकारी दिए ।

प्रतिक्रिया