शुक्रबार, चैत १६, २०८०

कोरोना राहात : अनेरास्ववियुद्धारा खाद्यान्न वितरण जारी

नेपालखोज २०७७ वैशाख ७ गते १५:४९

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट अनेरास्ववियुले कोभिड–१९ को जोखिम हुन नदिन बन्दाबन्दी (लकडाउन) जारी रहेपछि समस्या परेका विद्यार्थीलाई खाद्यान्न वितरण जारी राखेको छ ।

विद्यार्थीलाई १५ किलो चामल, दुई किलो दाल र एक लिटर खानेतेल वितरण गरिरहेको अनेरास्ववियुका संयोजक ऐन महरले जानकारी दिए । उनले लकडाउनका कारण घर जान नपाएका विभिन्न क्याम्पसमा अध्ययनरत विद्यार्थीलाई अहिले खानाका लागि समस्या परेकाले खाद्यान्न वितरण गरिएको बताए ।

अहिलेको अवस्थामा सबभन्दा बढी विद्यार्थीलाई समस्या परेको छ उनले भने, त्यसैले विद्यार्थीको कोठा नजिक पुगेर खाद्यान्न पु¥यारहेका छौँ। अनेरास्ववियुले काठमाडौँको कीर्तिपुरमा बसोबास गर्ने ५०० विद्यार्थीलाई राहत सामग्री वितरण गरेको थियो ।

अनेरास्ववियूका केन्द्रीय सदस्य नारायण घर्तीका अनुसार आज अनेरास्ववियुले कोटेश्वर, भक्तपुर, नयाँबानेश्वर, मैतीदेवी, कलङ्की, कालिमाटी, चाबहिल, कपनलगायतका १२ स्थानमा करिब ७०० विद्यार्थीलाई खाद्यान्न वितरण गर्दैछ । उनले शिखर बहुउद्देश्य सहकारी संस्था, जेनी समूहसँग सहयोग मागेर विद्यार्थीलाई खाद्यान्न वितरण गरिएको बताए ।

प्रतिक्रिया