‘सरकारले उद्योगी व्यवसायीलाई हेर्ने दृष्टिकोण कहिल्यै परिर्वतन भएन’

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष अञ्जन श्रेष्ठले सरकारले उद्योगी व्यवसायीहरुलाई हेर्ने दृष्टिकोण कहिल्यै परिर्वतन नभएको गुनासो गरेका छन् । आज वाणिज्य महासंघका वस्तुगत संघका नवनिर्वाचित पदाधिकारीहरुलाई स्वागत गर्न आयोजित कार्यक्रममा बोल्दै उपाध्यक्ष श्रेष्ठले सरकारले उद्योगी व्यवसायीहरुलाई हेर्ने र सोच्ने दृष्टिकोण कहिल्यै परिर्वतन नभएको बताएका हुन् ।
उनले राज्य सञ्चालनमा रहेका शासक र प्रशासकहरु दुबैमा विधि र पद्धतिमा बिचलन आएको बताए । शासक र प्रशासकहरुमा विधि र पद्धती बिचलन हुँदा वर्षौदेखि काम गरिरहेका उद्योगी व्यवसायीहरुका समस्या निराकरण हुन नसकेको उपाध्यक्ष श्रेष्ठले दाबी गरे । उपाध्यक्ष श्रेष्ठले उद्योगी व्यवसायीहरुका धेरै पुस्ताले काम गरे पनि हेर्ने दृष्टिकोणमा परिर्वतन आउन नसकेको गुनासो गर ।
२००७ साल पछि मुलुकले ३ वटा राजनीतिक परिर्वतन भए पनि निजी क्षेत्रको लागि केही परिर्वतन नभएको उपाध्यक्ष श्रेष्ठको भनाई छ । उनले उद्योगी व्यवसायीहरु साझा एजेण्डामा चुकेर एकतावद्ध हुन नसक्दा निजी क्षेत्र कमजोर बनेको बताए । अब निजी क्षेत्रलाई सरकारले हेर्ने देष्टिकोण परिर्वतन गर्नको लागि निजी क्षेत्र एकतावद्ध हुनु जरुरी रहेको उपाध्यक्ष श्रेष्ठले बताए ।
त्यस्तै, कार्यक्रममा बोल्दै नेपाल मुद्रा विप्रेशक संघका अध्यक्ष चन्द्र टण्डनले मुलुकमा विदेशबाट आउने रेमिटेन्स बढाउनको लागि बैंकिङ च्यानललाई बलियो बनाउनु पर्ने बताए । उनले बैंकिङ च्यानलबाट रेमिटेन्स ल्याउनको लागि सरकारले रेमिटेन्स पठाउनेलाई सहुलियतको व्यवस्था गर्नु पर्ने बताए । सरकारले विदेशमा जानेहरुलाई राहदानी नविकरण तथा श्रमस्वीकृतिमा लाग्ने शुल्कमा ५० प्रतिशत छुट दिए मात्रै पनि बैंकिङ च्यानलबाट रेमिटेन्स आउने दाबी अध्यक्ष टण्डनले गरे।
महासंघले चार वटा बस्तुगतसंघका सदस्य संस्थाका पदाधिकारीहरुलाई स्वागत गरेको थियो । जसमा नेपाल निर्माण व्यवसायी महासंघ,महिला उद्यमी महिला महासंघ,नेपाल खुद्रा विप्रेशक संघ र नेपाल रेष्टुरेन्ड एन्ड बार एशोसिएशनका पदाधिकारीहरुलाई स्वागत तथा बधाई दिएको थियो ।
प्रतिक्रिया