बिहीबार, वैशाख ६, २०८१

कैलालीको लम्कीचुहा नगरका युवकले हराए कोरोनालाई, दोस्रो र तेस्रो रिपोर्ट नेगेटिभ, आजै डिस्चार्जको तयारी !

नेपालखोज २०७७ वैशाख ७ गते १६:५९

कैलाली । नेपालका अर्का कोरोना संक्रमितले पनि कोरोना भाइरसलाई हराएर जिवन प्राप्त गरेका छन् । कोरोनालाई जित्ने ति व्यक्ति कैलालीको लम्कीचुहा नगरपालिकाका हुन् । उनको धनगढीको सेती अस्पतालमा उपचाररत भैरहेको छ । चैत्र २४ गतेदेखि उपचाररत उनी उपचार पश्चात निको भएकाले अस्पतालबाट डिस्चार्ज गर्ने तयारी भैरहेको छ । २१ वर्षीय यि युवकको दोस्रो र तेस्रो पटक गरिएको कोरोना संक्रमण परीक्षणको नतिजा नेगेटिभ आएको अस्पतालले जनाएको छ ।

उनी रोजगारको सिलसिलामा भारत गएका समय उनी संक्रमित भएका थिए । भारतबाट चैत ११ गते घर फर्किएका उनलाई कैलालीको प्रतापपुर क्वारेन्टाइनमा ११ दिन बसेपछि कोरोना पुष्टि भएको थियो ।

प्रतिक्रिया