कोरोना : निको भएर घर फर्किए कैलालीका युवक !
नेपालखोज
२०७७ वैशाख ७ गते १७:१९
कैलाली । नेपालका अर्का कोरोना संक्रमितले पनि कोरोना भाइरसलाई हराएर जिवन प्राप्त गरेका छन् । कोरोनालाई जित्ने ति व्यक्ति कैलालीको लम्कीचुहा नगरपालिकाका हुन् । उनको धनगढीको सेती अस्पतालमा उपचाररत भएको थियो ।
चैत्र २४ गतेदेखि उपचाररत उनी उपचार पश्चात निको भएकाले अस्पतालबाट आजै डिस्चार्ज भएका छन् । २१ वर्षीय यि युवकको दोस्रो र तेस्रो पटक गरिएको कोरोना संक्रमण परीक्षणको नतिजा नेगेटिभ आएपछि उनलाई डिस्र्चाज गरिएको हो ।
उनी रोजगारको सिलसिलामा भारत गएका समय उनी संक्रमित भएका थिए । भारतबाट चैत ११ गते घर फर्किएका उनलाई कैलालीको प्रतापपुर क्वारेन्टाइनमा ११ दिन बसेपछि कोरोना पुष्टि भएको थियो ।
सम्बन्धित

प्रतिक्रिया