बिहीबार, वैशाख १३, २०८१

पाँच अर्ब २० करोड बराबरको टे«जरी बिल बिक्री गर्दै राष्ट्र बैंक

नेपालखोज २०७७ वैशाख ७ गते २०:३९

काठमाडौँ । नेपाल राष्ट्र बैंकले सोमबार पाँच अर्ब २० करोड रुपैयाँ बराबरको टे«जरी बिल बिक्री गर्ने भएको छ । केन्द्रीय बैंकका अनुसार बैंकले बोलकबोल प्रक्रियामार्फत उक्त परिमाणको टे«जरी बिल बिक्री गर्न लागेको हो । बैंकले कूल ९१ दिने अवधिका लागि रु २० करोड बराबरको टे«जरी बिल बिक्री गर्न लागेको जनाएको छ । सो बिल आगामी साउन ६ गते परिपक्व हुनेछ ।

यस्तै रु पाँच अर्ब बराबरको टे«जरी बिल भने १८२ दिनका लागि बिक्री गर्न लागिएको हो । उक्त परिमाणको टे«जरी बिल आगामी कात्तिक ४ गते परिपक्व हुनेछ । बैंकले यसअघि गत चैत ३० गते पनि टे«जरी बिल बिक्री गरेको थियो ।

प्रतिक्रिया