शुक्रबार, चैत १६, २०८०

मनाङमा यस्तो छ औषधि अभावको अवस्था

नेपालखोज २०७७ वैशाख ८ गते १४:०३

मनाङ । मनाङका सबै स्थानीय तहमा सरकारद्वारा उपलब्ध हुने ७० किसिमकै औषधि सञ्चित रहेको जनाइएको छ । मनाङ जिल्ला स्वास्थ्य कार्यालय, जिल्ला अस्पताल र चार वटै स्थानीय तहका स्वास्स्थ्य शाखामा दरबन्दीअनुसारका स्वास्थ्यकर्मी कार्यरत रहेको र नेपाल सरकारद्वारा प्रत्येक नागरिकलाई निःशुल्क उपलब्ध हुने ७० किसिमका औषधि चालु आर्थिक वर्षको अन्तिम ९असार मसान्त० सम्म पुग्ने गरी पर्याप्त मात्रामा भण्डार रहेको स्पष्ट पारिएको छ ।

ती पालिकामा सिटामोललगायत औषधि अभाव भन्ने आशयका समाचार कतिपय सञ्चारमाध्यममा प्रकाशन भएकामा आपत्ति जनाउँदै जिल्लाका स्थानीय तहले भ्रमित सूचनाका पक्षमा नलाग्न आग्रह गरेका हुन् । औषधिहरु उपचारका क्रममा उपलब्ध गराइँदै आएको पनि जनाइएको छ ।

मनाङका गाउँपालिकाका अध्यक्ष नासोँका चन्द्र घले, चामेका लोकेन्द्र घले, ङिस्याङका कान्छा घले र नार्पाभूमिका प्रशासकीय अधिकृत दीपेन्द्र पण्डितले जिल्ला प्रशासन कार्यालयलाई पत्र पठाई औषधि अभाव भन्ने खालको सूचनाको खण्डनका लागि आग्रह गरेका थिए । सो पत्रका आधारमा मनाङका सहायक प्रमुख जिल्ला अधिकारी शारदा चालिसेले सबै पालिकाका अध्यक्ष एवं प्रतिनिधिका धारणा सार्वजनिक गरेका हुन् ।

प्रतिक्रिया