शनिबार, वैशाख २२, २०८१

काबुल एयरपोर्टमा फेरि हमला हुने आशंका, वाइडेनले भने हमलाकारीलाई बाँकी राख्दैनौं

नेपालखोज २०७८ भदौ ११ गते १०:११

काठमाडाैं । अफगानिस्तानको काबुल एयरपोर्ट नजिक दुई आत्मघाती हमलावर तथा अन्य बन्दुकधारिहरुले निहत्था भिडमा गरेको आक्रमणमा परि १३ अमेरिकीसहित कम से कम ७२ जना मारिए पछि अमेरिकी राष्ट्रपति जाे वाइडेनले आज राति नेपाली समयअनुसार करीब तीन बजे मीडियालाई घटनाको ब्रीफिङ दिए । प्रेस ब्रिफिङमा वाइडेनले यो हमलाका जिम्मेवारहरुलाई कुनै पनि हालतमा नछोडने कुरा बताएका हुन् ।

वाइडेनले काबुल एयरपोर्ट बाहिरको सुरक्षा व्यवस्था अझ बढाइएको जानकारी दिदैँ भने ‘यो हमला गराउनेहरुका साथ-साथै अमेरिकालाई नोक्सान पुर्याउने इच्छा राख्ने कुनै पनि व्यक्तिले बुझे हुन्छ कि हामी कसैलाई माफ गर्ने छैनौं । हामी तिमिहरुलाई बिर्सने छैनौं , तिमिहरुलाई मारेरै छाडने छौं । तिमिहरुले आफ्नो अपराधको सजाय पाउँनै पर्छ ।’

अफगानिस्तानमा भएको यो हमलाको जिम्मेवारी आईएसआईएस को खोरासान समूहले लिएको छ । खोरासानका आतकंकारीहरुले दावा गरेका छन् की उनीहरुले अमेरिकी सैनिकलाई निशाना बनाएका छन् ।

फेरि हमला गर्ने सुरमा खोरासान

भविष्यमा फेरि यस्तो कुनै पनि हमला नहोस भनेर अमेरिकाले एयरपोर्टको छेउछाउमा शैनिक पहरा मजबूत तुल्याएको छ । अहिले त्यहाँ अत्याधुनिक लड़ाकू विमान एफ(१५ तथा अपाचे हेलिकाेप्टरलाई सुरक्षा मिशनमा लगाइएको बताइन्छ भने आतकंकारीहरुलाई खोज्न रीपर ड्रोन प्रयोग गरिएको छ । अमेरिकालाई आशंका छ आईएसआईएस खोरासान फेरि हमला गर्ने सुरमा छ ।

एक अमेरिकि कमान्डर जनरल केनेथ म्याकेनजी भन्छन् ‘हामिलाई लाग्छ कि उनिहरुले फेरि हमला गर्न सक्छन् । त्यसैले हामी सम्भावित हमलाको जवाफ दिने तयारिमा छौं र यसका लागि तालिवानसँग पनि सम्पर्क भैरहेको छ जसले उक्त विमानस्थलको चारैतिर बाहरी सुरक्षा घेरा बनाएका छन ।

आउने केहि घन्टा खतरनाक
अमेरिकी रक्षा विभागको अनुमान अनुसार आईएसआईएसले विमानस्थल बाहिर कार बमले हमला गर्न सक्छ । उनीहरु अमेरिकी विमानलाई पनि निशाना बनाउने सुरमा छन् । इटलीको रक्षा सूत्रले त काबुल एयरपोर्टबाट उडेको इटलीको सैनिक विमानमा फायरिंङ गरिएको दाबीसमेत गरेको छ ।

प्रतिक्रिया