बिहीबार, चैत १५, २०८०

रक्सी बरामद

नेपालखोज २०७७ वैशाख ८ गते १४:३१

मोरङ । मोरङको रतुवामाई नगरपालिका–४ स्थित १८० बोतल कर्णाली नामक अवैध मदिरा प्रहरीले बरामद गरेको छ । दुई थान साइकलबाट अवैध रुपमा ओसारपसार गरिरहेको उक्त मदिरा प्रतिबोतलमा ३०० मिली रहेको र प्रहरीलाई देख्नेबित्तिकै साइकल चालक फरार भएको प्रहरीले जनाएको छ ।

यसैगरी, भारततर्फ रक्सी लैजाने क्रममा एकजनालाई जिल्ला प्रहरी कार्यालयले पक्राउ गरी आन्तरिक राजश्व कार्यालय विराटनगरमा बुझाएको छ । हिजो दिउँसो टेम्पुमा ३० कार्टुन रक्सी लोड गरी भारततर्फ लैजाने क्रममा पक्राउ परेका व्यक्तिलाई तीन महिना कैदबापत रु २७ हजार र थप जरिवाना रु १५ हजार गरी रु ४२ हजार धरौटी बुझी रिहा गरेको तथा टेम्पो र रक्सी नियन्त्रणमा रहेको कार्यालय प्रमुख विमल सापकोटाले जानकारी दिए ।

यहाँ लकडाउन उल्लङ्घन गर्ने दुई हजार ३२० सवारी साधनलाई प्रहरीले नियन्त्रण लिइकामा दुई हजार १८५ सवारी छाडिएको र सोही अवधिमा ७३६ जना मानिस लकडाउन उल्लङ्घन गर्ने क्रममा पक्राउ परी ती सबैलाई छाडिसकेको नायब उपरीक्षक राईले जानकारी दिए।

प्रतिक्रिया