बिहीबार, वैशाख ६, २०८१

श्रीलंकामा आगामी जुन २० मा संसदीय निर्वाचन हुने

नेपालखोज २०७७ वैशाख ९ गते १३:५८

काठमाडौँ । कोरोनाभाइरसको महामारीका कारण स्थगित गरिएको श्रीलंकाको संसदीय निर्वाचन आगामी जुन २० तारिखमा गरिने राष्ट्रिय निर्वाचन आयोगका अध्यक्ष महिन्दा देशप्रियाले घोषणा गरेका छन् ।

निर्वाचन आयोगमा सोमबार आयोजित निर्वाचन आयोगका पदाधिकारी र जिम्मेवार पार्टीका प्रतिनिधिहरु सम्मिलित बैठकले यस्तो निर्णय गरेको हो । बैठकमा वरिष्ट स्वास्थ्य अधिकारीहरु, सुरक्षा निकायहरु, हुलाक सेवाका जिम्मेवार पदाधिकारीहरु, जिल्ला सचिवहरु तथा सरोकार भएकाहरुको पनि सहभागिता थियो ।

यसअघि संसदीय निर्वाचनका लागि अप्रिल २५ तारिखको दिन तोकिएको थियो । तर कोरोनाभाइरस महामारीका कारण सरकारले देशव्यापी कफ्र्यु लगाए पछि निर्वाचन कार्यक्रम प्रभावित भएको थियो ।

श्रीलंकामा गत मार्च ११ मा पहिलो घटना देखिएयता हालसम्म कोरोनाभाइरसबाट २९५ जना संक्रमित भएका र सात जनाको मृत्यु भएको   छ । श्रीलंकामा देशभरका ४० भन्दा बढी केन्द्रहरुमा विदेशी सहित तीन हजार ५०० भन्दा बढी व्यक्तिलाई क्वारेन्टाइनमा राखिएको छ ।

प्रतिक्रिया