बुधबार, जेठ २, २०८१

म¥यो दुर्लभ रतुवा

नेपालखोज २०७७ वैशाख १० गते १४:२८

तुलसीपुर । दाङमा कुकुरको टोकाइबाट दुर्लभ रतुवा आज मरेको छ । जंगलबाट निस्केको रतुवालाई राजपुर गाउँपालिका वडा नं २ बेलामा मङ्गलबार घरपालुवा कुकरले टोक्दा घाइते भएको थियो । रतुवा उपचारका क्रममा मरेको डिभिजन वन कार्यालय, देउखुरीका प्रमुख प्रवीण बिंडारीले जानकारी दिए ।

‘रातेबाख्री’ करीब १८ किलोको थियो । उच्च पहाडी भेग तथा भित्री मधेशमा पाइने यो जनावर जिल्लामा अहिले लोप हँुदै गएको छ । शाकाहारी तथा स्तनधारी रतुवा कुनै समय जिल्लाका वनमा प्रशस्त पाइन्थ्यो । यसको आयु १६ देखि २० वर्षसम्म रहने गरेको बताइएको   छ ।

प्रतिक्रिया