शुक्रबार, वैशाख ७, २०८१

फेसबुकले भारतीय रिलायन्स कम्पनीको जियोमा लगानी गर्ने

नेपालखोज २०७७ वैशाख १० गते १५:०६

काठमाडौँ । सामाजिक संजालको विश्वप्रसिद्ध संस्था फेसबुकले भारतको रिलायन्स इन्डस्ट्रिजको सहायक कम्पनी जियो प्लेटफर्ममा ४३ हजार ५७५ करोड भारतीय रुपैयाँ लगानी गर्ने घोषणा गरेको छ । जियोको करिब १० प्रतिशत शेयर फेसबुकले खरिद गर्नेछ ।

रिलायन्स इन्डस्ट्रिजद्वारा बुधबार जारी विज्ञप्तिमा फेसबुकले जियो प्लेटफर्ममा हुने लगानी सम्बन्धी एक सम्झौतामा रिलायन्स इन्डस्ट्रिज, जियो प्लेटफर्म र फेसबुकबीच सम्झौता भएको उल्लेख छ ।

चार वर्षको अन्तरालमा जियोले करिब ३९ करोड मानिसलाई इन्टरनेट सेवामा जोडेको रिलायन्सले जनाएको छ । बिगत पाँच वर्षको अवधिमा भारतमा करिब ५६ करोड मानिसले इन्टरनेट प्रयोग गर्न थालेको अध्ययनहरुले देखाएका छन् ।

प्रतिक्रिया