शनिबार, जेठ ५, २०८१

प्रभावित क्षेत्रका बासिन्दाका लागि पिपुल्स पावरकाे आईपीओ बिक्री खुला

नेपालखोज २०७९ असार ८ गते ८:४९

काठमाडाैं । पिपुल्स पावर लिमिटेडले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूका लागि आईपीओ निष्कासन गरेकाे छ । आजदेखि कम्पनीले पहिलो चरणमा आफ्नो जारी पूँजी ६३ करोड २६ लाख रुपैयाँको १० प्रतिशतले हुन आउने प्रतिकित्ता १०० अंकित मूल्यका ६ लाख ३२ हजार ६०० कित्ता सेयर निष्कासन गर्ने भएको हो ।

सोमध्ये इलाम जिल्ला इलाम नगरपालिका वडा नं. १ र ४ अति प्रभावित क्षेत्रका बासिन्दाहरूका लागि १ लाख ८९ हजार ७८० कित्ता र सो बाहेकको इलाम जिल्लाका बासिन्दाहरूका लागि ४ लाख ४२ हजार ८२० कित्ता सेयर बाँडफाँड गरिनेछ ।

लगानीकर्ताले न्यूनतम १० कित्ता सेयर खरिदका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा ५० हजार कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् । उक्त आईपीओमा आवेदकले असार २२ गतेसम्म आवेदन दिन सक्नेछन् । सो अवधिसम्म पूर्ण आवेदन नपरेमा साउन ५ गतेसम्म आवेदन दिने समय थप गरिने छ ।

प्रतिक्रिया