मंगलबार, वैशाख ४, २०८१

कोरोना न्यूनिकरण गर्न टोखा नगरपालिका वडा नं. १ सक्रिय

नेपालखोज २०७७ वैशाख १० गते २१:३४

काठमाडौं । कोरोना संक्रमण रोक्न टोखा वडा नं. १ निकै नै सक्रिय रुपमा लागि परेको छ । वडा अध्यक्ष श्रीकृष्ण अधिकारीको सयोकत्वमा कोरोना संक्रमण रोकथान समन्वय समिति गठन गरी वडाले आफूलाई सक्रिय तुल्याएको छ ।

समिति मार्फत कोरोना संक्रमण र रोकथामका लागि जनचेतनामूलक कार्यक्रमहरु सञ्चालन सहित सम्पूर्ण वडाबासीहरुलाई मास्क वितरण गरेको छ । वडा भित्र बसोबास गर्ने विपन्न परिवारहरुको दैनिक सहज बनाउनका लागि नेपाल सरकार र टोखा नगरपालिकाले तोकेको मापदण्ड बमोजिम लक्षित वर्गलाई ३ बर्गमा विभाजित गरी राहत सामग्री समेत वितरण गर्दै आईरहेको छ ।

वडाले राहत वितरणका लागि ७ सदस्यीइ अनुगमन समिति गठन गरी राहत वितरण फारम मार्फत ३ सय ९५ परिवारलार्य राहत समेत वितरण गरिसकेको छ । महिला स्वास्थ्य स्वयंसेविका र रेडक्रसका प्रतिनिधि परिचालन गरी वडाबासीको स्वास्थ्य अवस्थाको लगत समेत संकलन गरिहेको वडा कार्यालयले जनाएको छ ।

विदेशवाट फर्कने ब्याक्तिहरुको लगत संकलन गरी च्म्त् प्रविधिवाट कोरोना संक्रमण परीक्षण गर्ने कार्य सम्पन्न भएको छ । गरिसकेको छ भने विदेशबाट फर्कने व्यक्तिहरु तथा कोरोना संक्रमण शंकास्पद व्यक्तिहरु राख्नका लागि ३ वेडको क्यारेण्टार्यन समत निर्माण गरिसकेको वडा कार्यालयले जनाएको छ ।

प्रतिक्रिया