शनिबार, वैशाख ८, २०८१

आज पनि थपिए २ जना कोरोना संक्रमित

नेपालखोज २०७७ वैशाख ११ गते १७:०६

काठमाडौँ । नेपालमा कोरोना संक्रमित फेरि थपिएका छन् । आज थप २ जना कोरोना भाइरसबाट संक्रमित भएको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उदपयुरकी ५५ वर्षीया महिला र जनकपुरका १४ वर्षीय किशोरमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या ४७ पुगेको छ । उनीहरु मध्ये ९ जना निको भइसकेका छन् ।

प्रतिक्रिया