शनिबार, वैशाख १५, २०८१

साबुन र स्यानिटाइजर अभाव

नेपालखोज २०७७ वैशाख १२ गते १०:००

सिञ्जा । जुम्लाको कनकासुन्दरी गाउँपालिका–४ इलाका स्वास्थ्यचौकी हाटसिञ्जामा राखिएका क्वारेन्टाइनमा आधारभूत सुविधा अभाव देखिएको छ । हाल यहाँ १५ श्ययाको क्वारेन्टाइनमा १६ जनालाई राखिएकमा उनीहरुलाई प्रयोग गर्न साबुन र स्यानिटाइजर पनि छैन । आफूहरु कसरी सुरक्षित रहने भन्ने चिन्ता भएको त्यहाँ रहेका खगेन्द्र खत्रीले गुनासो गरे ।

स्वास्थ्यचौकीका इन्चार्ज वीरेन्द्र उपाध्यायले साबुन नहुँदा आफूहरुले प्रयोग गर्ने साबुन पाँचलाई एकका दरले व्यवस्था गरेको बताउछन् । क्वारेन्टाइन व्यवस्थापन समिति गठन गरिए पनि समितिले समन्वय नगरेको जनाइएको छ ।

गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नेत्रबहादुर खत्रीले क्वारेन्टाइनमा बस्नेहरुलाई नआत्तिन भनरे हौसाला दिइएको बताए । सिञ्जावासीले अन्य राहत पनि नपाएको गुनासो गरेका छन् ।

प्रतिक्रिया