शुक्रबार, चैत १६, २०८०

लुकीछिपी प्रवेश गरेकालाई क्वारेन्टाइनमा

नेपालखोज २०७७ वैशाख १२ गते ११:३०

जनकपुरधाम । प्रदेश नं २ बाट रोजगारीका लागि भारतका विभिन्न शहरमा गएका कामदार बन्दाबन्दी भएपछि लुकीछिपी नेपाल प्रवेश गर्ने क्रम बढदै गएको छ । प्रदेश नं २ को सामाजिक विकास मन्त्रालयका अनुसार सीमामा सुरक्षार्माीको उच्च निगरानी रहेता पनि लुकीछिपी नेपाल प्रवेश गर्ने क्रम रोकिएको छैन । सचिव डा रामप्रसाद घिमिरेले लुकीछिपी नेपाल प्रवेश गरेकालाई स्थानीय तह, नागरिक र सुरक्षाकर्मीको पहलमा क्वारेन्टाइनमा राख्ने कार्यलाई तीव्रता दिइएको छ ।

सोअन्तर्गत प्रदेशका आठ जिल्लामा एक हजार १४० जनालाई क्वारेन्टाइनमा राखी कोरोनाको निगरानी भइरहेको जनाइएको छ । मन्त्रालयका अनुसार पर्सा र सर्लाहीमा लुकीछिपी प्रवेश गर्नेको सङ्ख्या अधिक देखिएको छ । पर्सा जिल्लामा ३४३ र सर्लाही जिल्लामा ३३३ लुकीछिपी प्रवेश गरेकोमा सबैलाई क्वारेन्टाइनमा राखिएको छ । त्यस्तै सिरहामा १५४, महोत्तरीमा १५०, सप्तरीमा १४५, धनुषामा ९१ र बारामा ८३ जना प्रवेश गरेकालाई क्वारेन्टाइनमा राखिएको जनाइएको छ ।

प्रतिक्रिया