बिहीबार, वैशाख १३, २०८१

कुटपिटको आरोपमा श्रीमान् पक्राउ

नेपालखोज २०७७ वैशाख १२ गते १५:१३

कैलाली । धनगढी उपमहानगरपालिका–९ की ३८ वर्षीया महिलामाथि कुटपिट गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।

वडा नं ९ की मनुदेवी भट्टलाई ३९ वर्षीय श्रीमान् चन्ददेव भट्टले कुटपिट गरी घाइते बनाएपछि उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए । कुटपिटबाट घाइते श्रीमती भट्टको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको बताइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको बताइएको छ ।

प्रतिक्रिया